मिस ग्राण्ड नेपालको घोषणा

person explore access_timeभदौ ९, २०७९ chat_bubble_outline0

मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो । सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दशौं संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।


यस पटकको मिस ग्राण्ड नेपाल हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ । सहभागी हुन चाहनेले भदौ ११ गतेबाट अडिसन दिनुपर्ने र १३ गते छनोट हुने आयोजकले बताएको छ । १४ गते ओरिन्टियसन गराइने र भदौ २५ गते काठमाडौंस्थित एक होटलमा ग्राण्ड फिनाले हुने जनाएकाे छ । प्रतियोगितामा सहभागी युवतीहरू १८ देखि २८ वर्ष उमेर समूहको हुनुपर्ने र यसमा देशभरका युवतीहरू सहभागी बन्न पाउनेछन् । 



सहभागी युवतीको उचाई ५ः ४ इन्च हुनुपर्नेछ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अनुपविक्रम साहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताए ।  त्यस्तै र्यापर आशिष राना (लाहुरे)ले गीत गाइरहेको भएपनि अब नयाँ क्षेत्रमा प्रवेश गरेर उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको बताए । 



मिस ग्राण्डमा प्रथम हुने युवतीले इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी बन्न पाउनेछन् । युवतीको शैक्षिक योग्यता प्लस टू पास हुनुपर्नेछ । प्रतियोगिताले युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।