WordPress.org

बारेमा

हाम्रो ध्येय:

प्रकाशनको लोकतन्त्रीकरण

the freedom to build. the freedom to change. the freedom to share.

हाम्रो कथा

WordPress started in 2003 when Mike Little and Matt Mullenweg created a fork of b2/cafelog. The need for an elegant, well-architected personal publishing system was clear even then. Today, WordPress is built on PHP and MariaDB, and licensed under the GPLv2. It is also the platform of choice for over 43% of all sites across the web.

वर्डप्रेस खुला स्रोत परियोजना समयको साथ प्रगतिशील तरिकामा विकसित भएको छ — दक्ष, उत्साही डेभलपरहरू, डिजाइनरहरू, वैज्ञानिकहरू, ब्लगरहरू, आदि द्वारा समर्थित। वर्डप्रेसले हस्तशिल्प व्यक्तिगत उपाख्यानहरूदेखि विश्व-परिवर्तन गर्ने आन्दोलनहरूसम्म सिर्जना र साझेदारी गर्ने अवसर प्रदान गर्दछ।

सीमित प्राविधिक अनुभव भएका मानिसहरूले यसलाई "सुरुवाती रूपमै" प्रयोग गर्न सक्छन्, र थप प्राविधिक जानकार व्यक्तिहरूले यसलाई उल्लेखनीय तरिकामा कस्टमाइज गर्न सक्छन्।

हाम्रो ध्येय

वर्डप्रेस सबैका लागि डिजाइन गरिएको छ।

हामी विश्वास गर्छौं कि उत्कृष्ट सफ्टवेयरले सर्वसुगमता, कार्यसम्पादन, सुरक्षा र उपयोगमा सहजतालाई जोड दिँदै न्यूनतम सेटअपसँग काम गर्नुपर्छ। आधारभूत वर्डप्रेस सफ्टवेयर सरल र अनुमानयोग्य छ, साथमा बृद्धि र सफलताको लागि शक्तिशाली सुविधाहरू पनि।

वर्डप्रेस खुला स्रोत सफ्टवेयर हो

लोकतान्त्रिक प्रकाशन र खुला स्रोतको साथ आउने स्वतन्त्रताको विचारलाई समर्थन गर्दै, यो परियोजनामा ​​सहयोग र योगदान गर्ने मानिसहरूको ठूलो समुदाय हो।

वर्डप्रेस स्वागतकारी र समावेशी छ।

हाम्रा योगदानकर्ताहरूको जोशले वर्डप्रेसको सफलतालाई अगाडि बढाउँछ, फलस्वरूप, तपाईँलाई आफ्नो लक्ष्यहरूमा पुग्न सहयोग मिल्छ। वर्डप्रेस योगदानकर्ताहरूले विश्वभर काम गर्छन् र महत्वपूर्ण टुल निर्माण गर्न अनगिन्ती घण्टाहरू समर्पित गरेका छन्।

चार स्वतन्त्रताहरू

WordPress is licensed under the General Public License (GPLv2 or later) which provides four core freedoms:

0

कुनै पनि उद्देश्यका लागि कार्यक्रम सञ्चालन गर्ने स्वतन्त्रता।

प्रोग्रामको कार्यपद्धति अध्ययन गर्ने र आफ्नो इच्छाअनुसार परिवर्तन गर्ने स्वतन्त्रता।

पुन: वितरण गर्ने स्वतन्त्रता।

तपाईँका संशोधित प्रतिलिपिहरू अरूका लागि वितरण गर्ने स्वतन्त्रता।

विवरणहरू

पृष्ठभूमि विवरणहरूमा डुब्नुहोस्, जस्तै जिपिएल र अन्य नीतिहरू।

मानिसहरू

समुदायको बारेमा जान्नुहोस्, हामी कसरी मिल्छौँ र हाम्रो गर्व देखाउँछौँ।